प्रदेश

गुल्मीमा मतदाताका माग पूरा गर्ने प्रतिबद्धता दिदै उम्मेदवार



गुल्मी २९ कात्तिक । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गुल्मी गाउँबस्तीमा चुनावी सरगर्मी छ । उम्मेदवार सबै आ–आफ्नो तरिकाले मतदातालाई भेट्न व्यस्त छन् ।
मतदाताहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, खेलमैदान, विद्युत्, पूर्वाधारसँग सम्बन्धित विषयमा मतदाताले उम्मेदवारसँग माग राखेका छन् ।
उम्मेदवारले जनताको मत आफ्नो पोल्टामा पार्न आफ्ना चुनावी एजेन्डा लिएर जनताका घरमा पुग्ने र विभिन्न सभा तथा भेलाहरुमा सहभागी भएका छन् ।
यस जिल्लाको छत्रकोट गाउँपालिकाका मतदाताहरुले यहाँको आवश्यकता र माग उम्मेदवारसँग राखेका छन् । त्यस स्थानमा पुग्नुभएका नेपाली कांग्रेसबाट गुल्मी –१ मा सत्ता गठबन्धनका साझा उम्मेदवार डा। चन्द्र भण्डारी र प्रदेश सभा निर्वाचन क्षेत्र –२ ९ख० मा सत्ता गठबन्धनकै साझा उम्मेदवार धनेन्द्र कार्कीलाई मतदाताले आफ्ना मागहरुको ८ बुँदाको सूची बनाएर हस्तान्तरण गरेका थिए ।
मागपत्र हस्तान्तरण कार्यक्रमपछि उम्मेदवार भण्डारी र कार्कीले मतदाताले राखेका मागको सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो । जिल्लालाई विकास निर्माणमा नमुना बनाउने र नागरिकलाई विकाससँग जोड्ने उहाँहरूले उल्लेख गर्नुभयो ।

प्रकाशित : २९ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६