प्रदेश

गुल्मीमा चाबी लगाएको घरभित्र वृद्धा मृत फेला, घटना रहस्यमय



गुल्मी २९ कार्तिक । गुल्मीको इस्मामा एक वृद्धा सोमबार मृत अवस्थामा फेला परेकी छन् । इस्मा गाउँपालिका–५ इस्मा रजस्थलकी ७४ वर्षीया जिवकला थापा आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
थापाको मृत्यु रहस्यमय देखिएको छ । घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी टोलीका अनुसार ढोकामा चाबी लागेको छ भने वृद्धा घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् । मृतक थापाका नाक र कानमा लगाइएका गहनाहरू नभएको प्रहरीले बताएको छ ।
वृद्धा दुई दिनदेखि गाउँमा हिँडडुल नगरेको स्थानीयले बताए । मुचुल्कापछि शव पोस्टमार्टमका लागि गुल्मी अस्पताल ल्याइएको छ । प्रहरी प्रारम्भिक अनुसन्धानबाट महिलाको हत्या भएको हुन सक्ने अनुमान गरिएको छ । थप विवरण भने शव पोस्टमार्टम तथा अन्य अनुसन्धानले खुलाउने प्रहरीले जनाएको छ ।

प्रकाशित : २९ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६