प्रदेश

पाल्पामा आजदेखि मदिरा विक्री वितरणमा रोक



पाल्पा २९ कार्तिक । जिल्ला प्रशासन कार्यालय पाल्पाले आज मँलबारदेखि लागू हुनेगरी मतगणना सम्पन्न नहुँदासम्म मदिरा बिक्री वितरणमा रोक लगाएको छ । प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि मदिरा बिक्री वितरणमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।
जिल्लाभर सबै प्रकारका मदिराजन्य पदार्थ किनबेच, ओसारपसार र सेवनमा रोक लगाइएको हो । कुनै पनि प्रकारको मदिरा बिक्री, ओसारपसार र सेवन गर्नेलाई कानुनबमोजिमको कडा कारबाही हुने ताइएको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय पाल्पाको अत्यावश्यकसहितको सेवा मंसिर १ गते देखि ५ गतेसम्म स्थगित गरिएको छ । कर्मचारीहरू मतदानस्थलमा खटिएकाले शान्ति सुरक्षा, मुद्दा, ठाडो उजुरी र अत्यावश्यकबाहेकका सेवा स्थगित हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले सोमबार एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो ।
मतदान केन्द्र रहेका विद्यालयहरू ५ दिनसम्म बन्द हुने हुने छन् । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मतदान केन्द्र रहेका विद्यालयमा १ गते नै कर्मचारी र सुरक्षाकर्मीहरू पुगेर आवश्यक तयारी गर्ने भएका कारण विद्यालय बन्द गर्ने निर्णय भएको हो।

प्रकाशित : २९ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६