प्रदेश

श्रमिकका सारथी गोकर्ण भन्दै मतदानका लागि विदेशबाट फर्किए युवा



गुल्मी २९ कार्तिक । मालिका गाउँपालिका ७ का यम बहादुर बिक रोजगारीको लागि मलेशिया थिए । त्यो बेला ४ सय ८१ रुपैया मासिक आधारभूत पारिश्रमिक थियोे । त्यसैमााथि पनि १ सय १० रुपैया काट्नुपर्थ्यो । निकै कष्टका साथ तीन बर्ष काम गरे । जब गोकर्ण बिष्ट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बने तब सबै श्रमिकको मासिक पारिश्रमिक १५ सय बेसिक बन्यो । जसका कारण अहिले दुःख गर्ने श्रमिकले न्युनतम ५० हजार कमाउँछन ।
गोकर्ण बिष्ट त्यतिकै हरेक श्रमिकको मनमा बसेका होइनन । ज्यान हत्केलामा राखेर काम गर्ने श्रमिक परिवारमा फर्किदा रित्तो हात आउनुपथ्र्यो । तर, अहिले म जस्तै परदेशमा काम गर्ने हरेक बिपन्नको घरमा गोकर्णले खुशी दिएको यम बहादुरले बताए । उनले त्यही खुसी सम्झिएर अहिले गोकर्ण बिष्टलाई मत दिएर बिजयी बनाउन गाउँ आएका छन् ।
उनले गोकर्ण बिष्टको चुनावी सभामा उपस्थित हुँदै खुलेर प्रसम्सा गरे । के–के गरे बिष्टले ०७४ चैत २ देखि २१ महिना श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भए । सामाजिक सुरक्षा योजना प्रारम्भ तथा कार्यान्वयन, प्रधानमन्त्री रोजगार कार्यक्रमको शुरुवात, नेपाली श्रमिकको न्यूनतम तलब पहिलो पटक ३९ प्रतिशतले वृद्धि, सातै प्रदेशमा श्रम तथा रोजगार कार्यालय स्थापना, प्रदेशबाटै श्रम स्विकृती दिन शुरु गरे ।
त्यसैगरी अन्तराष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपाली श्रमिकको पक्षमा दह्रो वकालत, ठगी र सिण्डिकेट लगायतका विकृति हटाउँदै वैदेशिक रोजगारीलाइ सुरक्षित, मर्यादित र प्रतिफलमुखी बनाउन थुप्रै नितिगत तथा व्यवहारिक सुधार, मलेसिया, संयुक्त अरब इमिरेट्स युएई, मरिसस, जापान लगायतका मुलुकसँग श्रम सम्झौता गरेर अर्को महत्वपूर्ण कार्यभार पूरा गरे ।

प्रकाशित : २९ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६