प्रदेश

मंसिर १ देखि ३ गतेसम्म दाङमा अत्यावश्यक सेवाबाहेकका गाडी राति चलाउन नपाइने



दाङ, २९ कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय दाङले अत्यावश्यक सेवाका गाडीबाहेक अरु गाडीलाई रातको समयमा चल्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय दाङले विज्ञप्ति निकालेर चुनावका बेला डर, त्रास एवम् भय सिर्जना गरी वातावरण बिथोल्ने जस्ता कार्यहरु हुन सक्ने भन्दै मंसिर १ गते बेलुका ६ बजेदेखि ३ गते बिहान ६ बजेसम्मलाई स्वास्थ्य सेवा, विद्युत्, कृषि, दुग्ध पदार्थ, माछामासु, शवबहान, इन्धन र टेलिकमका गाडीबाहेक अन्य गाडी चलाउन नपाइने निर्णय गरेको हो ।

चुनावका बेला हुन सक्ने आपराधिक क्रियाकलापलाई रोक्नका लागि जिल्लामा चल्ने अत्यावश्यक सेवाका गाडी बाहेकलाई रातको समयमा रोक लगाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा रानाले जानकारी दिनुभयो ।

प्रकाशित : २९ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६