प्रदेश

विश्वको जनसङ्ख्या ८ अर्ब पुग्यो




कात्तिक २९, एजेन्सी ।
विश्वको जनसङ्ख्या ८ अर्ब पुगेको छ । ११ वर्षमै विश्वको जनसङ्ख्या एक अर्ब थप भएको हो । २०औँ शताब्दीको मध्यपछि विश्वको जनसङ्ख्या तीव्र गतिमा बढेको थियो, तर अहिले वृद्धिदर सुस्त छ । संयुक्त राष्ट्र सङ्घको आकलनअनुसार विश्वको जनसङ्ख्या ९ अर्ब पुग्नका लागि अबको १५ वर्ष लाग्न सक्नेछ। सन् २०८० अघि जनसङ्ख्या १० अर्ब पुग्ने सम्भावना नरहेको राष्ट्र सङ्घले जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तन सम्बन्धी पक्ष राष्ट्रहरुको २७ सम्मेलन, कोप–२७ लाई सम्बोधन गर्ने क्रममा जलवायु सङ्कटबाट विश्वका ८ अर्ब मानिसलाई जोगाउनका लागि तत्काल काम गर्नु पर्ने बताउनु भएको थियो ।

प्रकाशित : २९ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६