प्रदेश

कपिलवस्तुको समृद्धिको लागि केन्द्रको बजेट आवश्यक छः बलदेव




कपिलवस्तु, २९ कार्तिक ।
निर्वाचनको केहि दिन मात्र बाँकि रहँदा गठबन्धन कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेद्वारहरुले घरदैलो तथा मतदाता भेटघाटलाई तिव्रता दिइरहेका छन । जिल्लाको विकासको लागि प्रभावकारी योजना आफुहरु सङ्ग मात्र भएको दाबी गर्दै उम्मेद्वारहरु घरघरमा मतदातालाई योजना देखाउँदै भोट मागिरहेका छन ।

यसैबिच बाम लोकतान्त्रीक गठबन्धनले आज बाणगंगा ५ कोपवा बजार लगायतका स्थामा आयोजना गरेको कोणसभालाई सम्बोधन गर्दै कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेद्वार चक्रपाणी खनाल बलदेवले सिङ्गो बाणगंगाको प्रभावकारी बिकास र समृद्धिको लागि संघको बजेट आवश्यक रहेको बताउनु भएको छ । बाणगंगाका भित्रि गाउँहरुमा अझै पनि शिक्षा, स्वास्थ्य, खानेपानि, बाटो लगायतका आधारभुत आवश्यक्ताको कमि रहेकोले ति समस्या समधानको लागि केन्द्र सरकारको बजेट आवश्यक रहेको बतउनु भएको छ ।

त्यस्तै उहँले अन्य क्षेत्रको बजार क्षेत्र केहि व्यवस्थित र विकसित हुँदा धेरै वर्ष पुरानो कोपवा बजारलाई प्रवद्धन गर्न नसकिएको बताउनु भएको छ । कोपवा बजार हाम्रा बुबा हजुर बुबाले नुन लिन जाने बजार भएको हुँदा यसलाई बिकास गर्ने बताउनु भएको छ । बाणगंगाका अन्य वडा भन्दा वडा नम्बर ५ केहि पछि परेको भन्दै अब यहँ केन्द्रको बजेट पारेर केहि विशेष योजनाको थालनि गर्नुपर्ने बताउनु भएको थियो ।

त्यस्तै प्रदेशसभा क का उम्मेद्वार डोलकराम घिमिरेले यस क्षेत्रको समस्यालई आफुले नजिक बाट अनुभव गरेकोले चुनाव जितेपछि जनता पछुताउनु पर्ने स्थिती आउन नदिने बताउनु भएको थियो । आफु लामो समयदेखी यहि क्षेत्रका जनता सङ्ग सहकार्य गर्दै आएकोले अबका दिनमा पनि त्यो प्रक्रियालाई निरन्तरता दिने बताउनु भएको थियो ।

प्रकाशित : २९ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६