प्रदेश

सिक्टा र भेरी–बबई डाइभर्सन पूरा गर्ने सङ्कल्प



बाँके ३० कात्तिक । नेपाली कांग्रेसका सहमहामन्त्री एवं बाँके क्षेत्र नं। ३ का सत्ता साझेदार दलका उम्मेदवार किशोरसिंह राठौर जानकी गाउँपालिकामा चुनावी प्रचारप्रसारका लागि पुग्नुभयो । नेपालगञ्ज उपमहानगरपालिका नजिकै रहेको यस गाउँपालिकामा नेता राठौरले जनताका गुनासा सुन्नुभयो र गठबन्धनका लागि जनतासँग भोट माग्नुभयो ।
कांग्रेस सहमहामन्त्री राठौरले झन्डै दुई दशकदेखि निर्माणको चरणमा रहेको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनालाई पूर्णता दिने लक्ष्य राख्नुभएको छ । उहाँले नयाँ सरकार गठन भएलगत्तै सिक्टा सिँचाइ आयोजनासँगै भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनालाई पूर्णता दिने बताउनुभयो ।
उहाँले मुक्तकमैया तथा सुकुम्बासी समस्या समाधान गर्ने तथा आर्थिकोपार्जनका क्षेत्रमा काम गर्ने विषयमा पनि ध्यान दिने बताउनुभयो ।
युवा तथा खेलकुदमन्त्रीसमेत रहनुभएका नेकपा ९माओवादी केन्द्र०का नेता एवं गठबन्धनका बाँके क्षेत्र नं। १ का उम्मेदवार महेश्वरजङ्ग गहतराज अथकले पनि राष्ट्रिय गौरवका आयोजनालाई पूर्णता दिनेसँगै जनजीविकासँग जोडिएका विषयलाई चुनावी मुद्दा बनाउनुभएको छ ।
सत्ता गठबन्धनका तर्फबाट बाँके क्षेत्र नं। २ का उम्मेदवार एवं कांग्रेस नेता सुदीपनरसिंह राणाले मध्य र सुदूरपश्चिमको पुरानो बजार नेपालगञ्ज साबिकका चारवटा अञ्चलको हाटबजार भएकाले यस जिल्लाका उम्मेदवारहरूलाई नागरिकले अर्जुनदृष्टिका साथ हेर्ने बताउनुभयो । उहाँले जनताका ससाना समस्या पनि समाधान गर्ने उद्देश्यले आफू चुनावी अभियानमा होमिएको बताउनुभयो ।
जनता समाजवादी पार्टीका बाँके क्षेत्र नं। २ का उम्मेदवार एवं पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले अघिल्लो निर्वाचनमा पूरा नभएका काम यस पटक पूरा गर्ने लक्ष्य राखेको बताउनुभयो । त्यसैगरी नेकपा ९एमाले०का बाँके क्षेत्र नं। ३ का उम्मेदवार किस्मतकुमार कक्षपतिले समृद्धिप्रतिको जनचाहना पूरा गर्ने आफ्नो अठोट रहेको बताउनुभयो ।
बाँके क्षेत्र नं। १ मा प्रतिनिधि सभातर्फ ११ जना, क्षेत्र नं। २ मा १६ जना र क्षेत्र नं। ३ मा ९ जनाको उम्मेदवारी परेको छ । प्रदेश सभाका ६ क्षेत्रमा ५३ जनाको उम्मेदवारी परेको छ ।

प्रकाशित : ३० कार्तिक २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६