प्रदेश

चुनाव केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूराः गृह मन्त्रालय




काठमाण्डौ, ३० कार्तिक । गृह मन्त्रालयले आउँदै गरेको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षाको प्रवन्ध मिलाइएको जनाएको हो ।

गृह सचिव विनोदप्रकाश सिंहले भयरहित वातावरणमा चुनाव गराउन सरकार सक्षम रहेको र भरपर्दो सुरक्षा व्यवस्थाको सुनिश्चितता गरिएको भन्दै निर्धक्क भएर मताधिकार प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले देशका सबै ठाउँका मतदान केन्द्रहरुमा सुरक्षा व्यवस्था चुस्त रहेको र निर्धक्क भइ मतदान गर्नसक्ने वातावरण तयार गर्न सुरक्षा निकायहरु सक्षम रहेको बताउनु भयो ।

गृहसचिव सिंहले उम्मेदवारको सुरक्षा, मतदाताको सुरक्षा, चुनावमा खट्ने कर्मचारीको सुरक्षा र चुनावी सामग्रीको सुरक्षाको उचित प्रवन्ध मिलाउने कार्यका लागि सुरक्षाकर्मीहरु निर्वाचन केन्द्रमा पुगिसकेको बताउनु भयो । उहाँले मतदान स्थलहरुलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन तहमा वर्गीकरण गरेर आवश्यकता अनुसारको सुरक्षाको व्यवस्था मिलाइएको पनि जानकारी दिनुभयो ।

‘हामीले सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीहरु सम्पन्न गरिसकेका छौँ । त्यसबाट प्रदेश र जिल्लास्तरका सुरक्षा निकायहरुसँग, समितिहरुसँग छलफल भएको छ । त्यहाँ सबै ठाउँको प्रतिवेदनको आधारमा हेर्दा सुरक्षा व्यवस्था चुस्त छ । निर्धक्क भएर मतदान गर्नसक्ने किसिमको वातावरण बनाउन सुरक्षा निकायहरु र जिल्लामा रहेका सुरक्षा निकायहरु सक्षम रहेको देखिन्छु उहाँले भन्नुभयो, यो अवधिमा विशेष गरी निर्वाचनको सन्दर्भमा उम्मेदवारको सुरक्षा, मतदाताको सुरक्षा, निर्वाचनमा खट्ने कर्मचारीको सुरक्षा र निर्वाचन सामग्रीको सुरक्षा यी सबै कुराको सुरक्षालाई हामीले हेरिरहेका छौँ । सबै क्षेत्रबाट सुरक्षाको प्रत्याभुति गर्न सकिने स्थिति रहेको छ । निर्धक्क भएर मतदान गर्नसक्ने वातावरण तयार भएको देखिन्छ । देशभर कूल १० हजार ८ सय ९२ वटा मतदान स्थलहरु र २२ हजार २ सय २७ वटा मतदान केन्द्रहरु रहेका छन् ।

प्रकाशित : ३० कार्तिक २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६