प्रदेश

सत्ता गठबन्धनको सभामा बम विस्फोट



भोजपुर, ३० कात्तिक । भोजपुरको पौवादुङमा गाउँ पालिकाको प्याउलीमा भएको सत्ता गठबन्धनको चुनावी सभामा बम विस्फोट भएको छ ।

सत्तारुढ गठबन्धनले सभा गरेको ठाउँ भन्दा २०० मिटर टाढा एउटा होटलको अगाडि बम पड्किएको जिल्ला प्रहरी कार्यालयका डीएसपी शरद थापाले जानकारी दिए ।

यसबारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । यो सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डसमेत सहभागी हुने तयारी छ । तर उनी कार्यक्रमस्थलमा नपुग्दै विस्फोट भएको हो ।

प्रकाशित : ३० कार्तिक २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६