डुमरा महाराजगन्ज सडकमा कालोपत्रेको काम सुरु
कपिलवस्तु
कपिलवस्तु क्षेत्र नम्बर २ का निवर्तमान सांसद तथा नेकपा एमालेका उम्मेदवार बृजेश कुमार गुप्ता र तत्कालिन प्रदेश सभा सदस्यले महत्वपुर्ण योजनाको रुपमा लिएकाृ डुमरा महाराजगन्ज सडकको कालोपत्रेको काम सुरु भएको छ । डुमरा चोक देखि दक्षिण तर्फबाट कालोपत्रेको काम सुरु हुन लागेको बताइएको छ । डिविएसटी प्रविधि मार्फत गरिएको सो सडक अन्र्तगत बुद्धभुमि ८ साविक हरिहरपुर सम्म सव वेस र बेसको काम भएको बताइएको छ ।
स्थानीय जनताले दशकौ देखी दुख पाएको महसुस गरी प्रदेश सरकार मार्फत योजना ल्याएको दिर्घ नारायण पाण्डे (पप्पु) ले बताउनु भयो । पूर्व मन्त्री बृजेश र आफु मिलेर क्षेत्र नम्बर २ मा धेरै योजना ल्याएको बताए । हर्दौमा पुलको डिपिआर गरी पुल बनाउनको लागि २०७७ असार ४ गते सडक विभाग पुल महाशाखाबाट टेन्डर भएको थियो । तर ओली सरकार ढले पछि बनेको गठवन्धनको सरकारले काममा ढिला सुस्ती भएको आरोप लागेको छ । अहिले विपक्षीले बृजेशले काम गरेन गरेन भन्दै प्रचारबाजी गरेका छन् । तर बृजेशले गरेको काम स्थानीय काँग्रेसका नेताले रोकेर राखेको महाराजगन्जका रामदास चौधरीले बताए ।








प्रतिक्रिया