कपिलवस्तु, ०१ मंसिर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाका निर्वतमान नगरप्रमुख मंगल प्रसाद थारुले क्षेत्र नम्बर १ मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुलाई भोट नदिए जिल्ला दश बर्ष पछाडि पर्ने बताएका छन् ।
उनले बाम लोकतान्त्रीक गठबन्धनका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार चक्रपाणी खनाल (बलदेव) र प्रदेश सभा सदस्य पदका उम्मेद्वार डोलकराम घिमिरेलाई यस क्षेत्रका मतदाताले मत नदिए कपिलवस्तु दश बर्ष पछाडि जाने बताएका हुन ।
निर्वतमान नगरप्रमुख थारुले निर्वाचनको संघारमा विहिवार आयोजित एक कार्यक्रममा भने, “कपिलवस्तुको विकासको सुत्रधार नै चक्रपाणि खनाल बलदेव हुन ।” ‘त्यसैले चार दलिय तालमेलबाट प्रतिनिधीसभा सदस्यका उम्मेद्वार रहनुभएका (बलदेव) र प्रदेश सभा सदस्य उम्मेद्वार डोलकरामलाई मत दिनु नै कपिलवस्तुको दीर्घकालिन विकासको लागि जरुरी छ ।’
कांग्रेस नेता समेत रहेका थारुले परिपक्क राजनीतिज्ञको रूपमा रहेका बलदेव र इमान्दारीताको परिचय बनाएका डोलकरामको उम्मेद्वारीले कपिलवस्तुका मतादातामा उत्साह थपिएको समेत बताए ।
मंसिर चार गते कपिलवस्तुबासीको लागि समृद्धिको आधार रेखा कोर्ने दिन भएको थारुको भनाई छ । उनले थप भने, ‘मंसिर ४ गते हामी सबै नेपालीकोलागि महत्वपुर्ण दिन हो, त्यसमा पनि कपिलवस्तुबासीकोलागि झनै अर्थपुर्ण दिन हो ।
हामीले विकासप्रेमी नेता चक्रपाणी खनाल (बलदेव) र डोलकराम घिमिरेलाई विजयी गराउन गोलाकार भित्रको हसिया हथौडा र रुख चिन्हमा मतदान गर्नु जरुरी छ।’
साथै उनले क्षेत्र न. २ र क्षेत्र नम्बर ३ का बाम लोकतान्त्रीक गठबन्धनका सबै उम्मेद्वारलाई मतदान गरेर विजयी गराउनुहुन समेत आग्रह गरेका छन् ।








प्रतिक्रिया