ब्रेकिंग न्युज

मतदाताको रोजाईमा उम्मेदवार बलराम अधिकारी



कपिलवस्तु, ०१ मंसिर ।

चुनाव प्रचार प्रसारको अन्तिम दिन उम्मेदवारहरु घरदैलो गर्दा आम मतदाताले प्रतिनिधि सभाका उम्मेद्वार वलराम अधिकारीलाई रोजाईमा पारेका छन् । जनतासँग सुख दुःखमा साथ दिने भन्दै आफुहरुले अधिकारीलाई जिताउने बताएका छन् । नेकपा (एमाले) कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ का उम्मेद्वारहरु मौन अवधीको अघिल्लो दिन मतदाता भेटघाट तथा अगुवा कार्यकर्तासंग अन्तरक्रिया कार्यक्रमलाई तिब्रता दिईरहेका छन् ।आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिएसंगै यस क्षेत्रको विकासका लागि एमालेका उम्मेद्वारहरुलाई जिताउन आवश्यक रहेको भन्दै मतदाताका समस्या र आवश्यकता बुझ्दै एमाले उम्मेद्वारहरु टोलटोलमा पुगेका छन् । सोहि क्रममा वाणगंगा २, शुद्धोधन गाउँपालिकाका विभिन्न टोलमा घरदैलोमा मतदातासंग भेटघाट गरेका छन् ।

घरदैलोको क्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार बलराम अधिकारीले विभिन्न पार्टी सरकारमा आउँदा भएका काम र एमाले नेतृत्वको सरकारले गरेका काम बिच तुलना गर्न मतदातालाई अनुरोध गर्नुभयो । उहाँले एमालेले जम्मा ३ बर्ष सरकार चलाएको र त्यस माथि पनि कोरोना महामारीका वावजुत धेरै विकास निर्माणका काम भएको बताउनुभयो । अधिकारीले विकास र समृद्धिको महशुस गराउनका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको दावि गर्नुभयो ।तराई मधेश संगै मुलुकको समृद्धि र विकासको लागि छोटो अवधीमै एमालेको नेतृत्वको सरकारले महत्वपूर्ण राष्ट्रिय गौरवका योजनाहरु सफलतापूर्वक संचालन गरेको अधिकारीले बताएका थिए ।

प्रकाशित : १ मंसिर २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६