प्रदेश

बलदेवको प्रश्न ? मैले गरिन भने कसले गर्‍यो कपिलवस्तुको विकास




कपिलवस्तु, ०१ मंसिर ।
वाम लोकतान्त्रिक गठबन्धनबाट कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर ‘१’ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार चक्रपाणी खनाल ‘बलदेव’ ले आफू कपिलवस्तुको विकासको लागि चुनावमा उठेको बताएका छन् । लामो समयदेखि कपिलवस्तु पछाडी परेकाले अब यहाँ अरबौँको बजेट ल्याउनु पर्ने आवश्यक भएकाले त्यो आफूबाट मात्रै सम्भव भएको उनले बताए ।

मंसिर ४ गतेको चुनाव मिति आउन ३ दिन मात्र बाँकी रहेकाले सचेत भएर मत खसाल्न बलदेवले मतदातालाई आग्रह गरे । आफू सांसद मात्र नभई अझै शक्तिशाली मन्त्री पनि बन्ने भएकाले एकपटक सेवा गर्ने अवसर दिन उनले मतदातालाई आग्रह गरे । यसअघि चुनाव जितेर मन्त्री बने पनि परिस्थिति विषम बन्दा आफूले चाहे अनुसार काम गर्न नसकेको उनले बताए ।

उनले भनेका छन् ‘सामान्य रकम र पुल बनाएर कपिलवस्तुको विकास हुँदैन । यसको लागि केन्द्रबाट अरबौँ बजेट पार्न सक्नुपर्दछ । त्यो काम बलदेवबाट मात्रै सम्भव छ । बलदेवले गरेन भनेर भ्रम छर्नेहरु कपिलवस्तुको विकास चाहान्नन् । मविरुद्ध कुप्रचार गर्नु कपिलवस्तु पछाडी परोस् भन्नु हो ।’

‘ल ठिक छ ७४ मा चुनाव जितेर त मैले त केही गरिनँ, त्यसअघि चुनाव जितेकाले कपिलवस्तुको विकासको लागि के गरे ?’ उनको प्रश्न छ ।

उम्मेदवार बलदेवले आफूलाई एकपटक फेरि अवसर दिए ब्याजसहित कपिलवस्तुको विकास गर्ने दावी गरे । कृषि मन्त्री हुँदा नीतिगत रुपमा राम्रा कामहरु भए पनि मल ल्याएन भनेर विपक्षीले भ्रम छर्दा जिल्लाबासीमा नकारात्मक असर पार्ने काम भएको बलदेवले बताए । उनले कपिलवस्तुको थप विकासको लागि गठबन्धनका सबै उम्मेदवारले जित्नु जरुरी रहेको बताए ।

प्रकाशित : १ मंसिर २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६