प्रदेश

कृषि बजार र कृषि उत्पादनलाई व्यवस्थित गर्ने पहिलो प्राथमिकताः रायमाझी




कपिलवस्तु, ०१ मंसिर ।
आउँदो ४ गते आइतवार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि आज राति १२ बजेदेखि स्थिर समय लागु हुँदै गर्दा आज राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेद्वारहरुले चाकरचौडा, पटना, पिपरा लगायतका विभिन्न स्थानमा घरदैलो तथा मतदाता भेटघाट गरेका छन ।

यसै क्रममा राप्रपा कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेद्वार धुव्र रायमाझीले कपिलवस्तुमा कृषि, पर्यटनलाई विशेष प्राथमिकता दिएर आफ्नो कामको सुरुवात गर्ने बताउनु भएको छ । जिल्लामा सिंचाई सुविधा, कृषक बाट उत्पादित खाध्य पदार्थ भण्डार गर्ने भण्डारण, चिस्यान केन्द्र, बजारीकरण लगायतका अनेकौँ समस्या रहेकोले ति समस्यालाई विशेष प्राथमिकतामा राख्ने प्रतिबद्धता व्याक्त गर्नुभएको छ । त्यस्तै जिल्लाको दक्षिणी क्षेत्रमा डुवानको समस्या विकराल हुने भएकोले त्यसको लागि विशेस योजना ल्याएर काम गर्ने बताउनु भएको छ ।

त्यस्तै उहाँले आफु सहित कपिलवस्तु र देशभर राप्रपाका उम्मेद्वारहरुले जिते भ्रष्टाचार मुक्त समाज निर्माण हुने बताउनु भएको छ । कम्युनिष्ट र काङ्ग्रेका उम्मेद्वारहरुले पटक पटक भ्रष्टचार मुक्त राष्ट्र बनाउछौ भनेर आफै भ्रष्टचारमा लिप्त भएको पनि उहँले टिप्पणी गर्नुभएको छ ।

प्रकाशित : १ मंसिर २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६