पार्वती पाण्डे
कपिलवस्तु १ मंशिर
संघर्ष र आन्दोलनले खारीएका कपिलवस्तुको निर्वाचन क्षेत्र नं १ क का प्रदेशसभाका उमेदवार विष्णु पन्थी जनमत आउनेमा विश्वस्त हुनहुन्छ । आफ्नो क्षेत्रमा पर्ने सबै स्थानमा गई जनतासँग पुग्नु भएका पन्थी जनताले भोट दिनेमा ढुक्क हुनुहुन्छ । संघर्ष, लगनशील र अध्ययन अनुसन्धानमा रुची राख्ने युवाको साथ पाएका लोकप्रिय नेता पन्थी हुनुहुन्छ । सानै उमेरमा निरङ्कुश पञ्चायत विरुद्धको आन्दोलनमा सकृय रहनु भएका विष्णु पन्थी गणतन्त्रसम्म आईपुग्दा हजारौँ युवाको ढुकढुकी बन्न सफल हुनुभएको छ । पन्थी व्यवस्थापन संकायबाट एमबीए गरेका एक कुशल राजनीतिज्ञ तथा उर्जाशिल नेता हुनु हुन्छ ।
समग्र मुलुकको विकासमा योगदान दिनसक्ने पहिचान बनाएका प्रदेश सभा सदस्यका सक्षम उम्मेदवार हुनु हुन्छ ।
२०३६ सालबाट विद्यार्थी जीवनबाट राजनीति सुरु गर्नुभएका पन्थी सिर्जनशील र स्पष्ट बक्ता हुनुहुन्छ । विद्यार्थी राजनीतिमा सबै माँझ लोकप्रिय बनेर २०३८ सालमा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको अनेरास्ववियु क्याम्पस कमिटीको अध्यक्ष हुनुभयो । क्याम्पसमा राजनीतिबाट आफनो छवि निर्माण गर्नुभएका पन्थी २०४२ सालसम्म आइपुग्दा अनेरास्ववियु लुम्बिनी अंचल कमिटीको अध्यक्षमा निर्वाचित हुनु भएको थियो । पन्थी अंचल कमिटीको नेतृत्वदायी भूमिकाले २०४३ सालमा अनेरास्वियुको केन्द्रिय सदस्य पदमा निर्वाचित हुनुभयो ।
लगत्तै २०४४ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा आफू अध्ययरत त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको स्ववियु उपसभापतिमा भारी मतले निर्वाचित भएर आफ्नो छवि उचो बनाउनु भएको थियो ।
देशकै सवैभन्दा ठुलो र पुरानो विद्यार्थी संगठन अनेरास्ववियुको नवौं राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सदस्यमा निर्वाचित उहाँ एघारौं राष्ट्रिय सम्मेलन सम्म आईपुग्दा केन्द्रिय कोषाध्यक्षमा निर्वाचित हुनु भएको थियो ।विद्यार्थी राजनीतिकै क्रममा भएका आन्दोलनमा पटक–पटक प्रहरी हिरासत रहनु भएका पन्थी पञ्चायतको समयमा उहाँ माथि सांघातिक आक्रमण समेत भयो ।
विद्यार्थीकाल देखिनै आफनो पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सफल हुनुभएका पन्थी नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय लेखा आयोग उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो । विद्यार्थी राजनीतिकै समयमा २०३७ सालमा तत्कालिन नेकपा (माले) को सदस्यता लिएका पन्थी २०४२ सालसम्म आउँदा पार्टीको विभिन्न ओहदामा बसेर काम गरेको उहाँसंग अनुभव छ ।
साथै राजनीतिक जिम्मेवारी र उच्च शिक्षा अध्ययनको शिलशिलामा रहेकै बखत २०४७ सालमा नेकपा (एमाले) पाल्पा जिल्ला कमिटी सदस्य, २०४९ सालमा काठमाण्डौं जिल्ला कमिटी सदस्य हुनु भएको थियो ।
२०५४ को स्थानीय निकायको निर्वाचनमा कपिलवस्तुको वाणगंगा गाविस वडा न. ६ राजपुरबाट वडा अध्यक्षमा निर्वाचित भएर निकै चर्चा बटुल्नु भएको थियो । उहाँले काग्रेस चर्चित नेता आदित्यराज ज्ञवालीलाई पराजय गर्नु भएको थियो । निवर्तमान सार्वजनिक लेखा समितिको सभापति समेत रहनु भएका पन्थी कपिलवस्तुबासी जनताको काममा स्थानीय देखि केन्द्रसम्मका विकासे अड्डा, मन्त्रालय, संघ–संस्था, वित्तिय संस्था, परियोजना लगाएत राष्ट्रिय तथा अन्तर्राष्ट्रियसम्म पहुँच राख्दै काममा खट्दै आएको उहाँ बताउँनुहुन्छ । किसान, मजदुर, सुकुम्बासी, दलित, महिलाका सवालमा चासो दिएर सामाजिक सेवामा सदैव तदारुकता देखाउने उहाँमा केही गर्छु भन्ने सोच छ ।कपिलबस्तु–१ (१) प्रदेश सभामा बाणगंगा नगरपालिका ११ वडा, मायादेवी गाउँपालिकाको वडा नं..३ र कपिलवस्तु नगरपालिकाको वडा नं. ९, १० र ११ गरी १५ वडा पर्दछन् । कपिलबस्तु–१ मा कुल मतदाता एकलाख ४१ हजार १३ रहेका छन् ।
तस्विर ः








प्रतिक्रिया