प्रदेश

महिला कर्मचारीको जिम्मामा दाङका चार वटा मतदान केन्द्र




दाङ, ०३ मंसिर । आइतवार भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दाङको चार मतदान स्थलमा महिला कर्मचारीहरु मात्रै खटिने भएका छन् । चार मतदान स्थलमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी र सुरक्षाकर्मी पनि  सबै महिला नै खटिने भएका हुन् । मतदान अधिकृतदेखि सहयोगीसम्म महिला मात्रैलाई जिम्मेवारी दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

घोराही उपमहानगरपालिका–१८ मा रहेकाे आधारभूत विद्यालय बेलघारीको मतदान केन्द्र (क), त्यही विद्यालयको केन्द्र (ख), घोराही–१७ मा रहेको प्रवि हरिद्वारको (ग) केन्द्र र घोराही १७ कै गोरक्ष रत्ननाथ मावि चौघेराको (क) मतदान केन्द्रमा महिला कर्मचारीले चुनाव गराउने भएका हुन् । 

बेलघारी मतदान केन्द्रमा निर्वाचन अधिकृत इन्दु बसेल, सिर्जना शर्मा, हेमन्ता थापा, विना शर्मा, सावित्रा देवी शर्मा, दीपसना बीसी, बालिका घिमिरे र गोमा मगर खटिनु भएकाे छ । यस मतदान केन्द्रमा ९ सय ५२ मतदाता रहेकाछन्।

त्यही विद्यालयको (ख) केन्द्रमा उर्मिला तिमल्सिना मतदान अधिकृत हुनुहुन्छ  । उहाँलाई सहयोग गर्न कमला खड्का, अर्चना चौधरी, इन्दिरा विक, हिरा केसी, गोमा योगी, तिला विक र गीता चौधरी गरी आठ जना महिला कर्मचारी छन् । यस मतदान केन्द्रमा ९ सय ७३ मतदाता छन् ।

घोराही–१७ मा रहेको प्रवि हरिद्वारको (ग) मतदान केन्द्रमा खिमा भुसाल मतदान अधिकृत हुनुहुन्छ  । उहाँलाई सघाउन वसन्ती पौडेल, विपना बर्तौला, सम्झना कार्की परियार, कृतिसा रावत, श्रिर्जना भण्डारी, दिला केसी र सुमन चौधरी गरी आठ जना महिला कर्मचारी छन् । यस मतदान केन्द्रमा ७ सय ४८ जना मतदाता  छन् ।

गोरक्ष रत्ननाथ मावि चौघेराको (क) मतदान केन्द्रमा मतदान अधिकृत मोतीकुमारी विश्वकर्मासहित गुप्ताकुमारी अधिकारी, विष्णा नेपाली, अनिता बुढा, सरीता भण्डारी, मनिषा चौधरी, गोमा बस्नेत र पानमती कामी खटिएका छन् । यस केन्द्रमा ८ सय १२ जना मतदाताले मतदान गर्नेछन् । 

दाङको मुख्य मतदान अधिकृत कृपासुर कार्कीले यस प्रकारकाे प्रयासले महिलाहरू हरेक काममा सक्षम छन् भन्ने सन्देश दिने बताउनु भयाे । ‘महिलाले मात्रै सञ्चालन गरेको नमुना मतदान स्थलले समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ ’ उहाँले भन्नुभयो ।

वैशाखमा सम्पन्न भएको पालिका चुनावमा घोराही–१६ सानी अम्बापुर मतदान केन्द्रमा कर्मचारीदेखि सुरक्षाकर्मीसम्म महिलामा मात्रै खटिएका थिए । अहिले त्यही अभ्यासलाई निरन्तरता दिएको गोरक्षरत्ननाथ मावि चौघेराको (क) मतदान केन्द्रका मतदान अधिकृत मोती विश्वकर्माले बताउनु भयाे । पालिका चुनावकाे अनुभव पनि रहेकाले यसपालि केही सहज हुने उहाँले बताउनु भयाे । 

दाङमा १ सय ५३ मतदान स्थल र ४ सय ६५ मतदान केन्द्र रहेका छन् । ४ लाख १४ हजार ९ सय ५६ जना मतदाता रहेका छन् । 

प्रकाशित : ३ मंसिर २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६