कपिलवस्तु, ०४ मंसिर ।
कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर ३ मा किरियापुत्रीले मतदान गरेका छन्। जिल्लाको शिवराज नगरपालिका ९ शिवगढी रहेको शिवगढी आधारभूत विद्यालय बिजगौरी मतदान केन्द्रमा तीन जना किरियापुत्रीले मतदान गरेका हुन्।
बुवा फिर्ते गिरिको निधनको शोकमा किरिया बसेका छोराहरू दुर्गा गिरि ,सुर्य गिरि र श्रीमती उमा गरिले मतदान गरेका छन। एक मतले सक्षम व्यक्ति हार्न सक्ने भएकोले दुःखद घडीमा पनि मतदानमा सहभागी भएको छोरो सूर्य गिरिले बताए। फिर्ते गिरिको दुई दिन अघि निधन भएको थियो।








प्रतिक्रिया