कपिलवस्तु, ०८ मंसिर । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा सुरुवाती चरण देखि नै अग्रता कायम गरेका नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य मत गणनाको अत्यतिर आउँदा भने पछाडि परेका छन् । उनलाई सुरुवाती चरणबाट पच्छाइरहेका एमालेका बृजेशकुमार गुप्ता (बब्लुु) ले २४ हजार ५१ मत ल्याएर अघि लागेका छन्।
उनका प्रतिस्पर्धी कांग्रेसका सुरेन्द्रराज आचार्यले २३ हजार ८ सय १६ मत ल्याएका छन्। गुप्ता र आचार्यबीच २३५ मतको अन्तर छ। अहिले पनि यहाँ मतगणना जारी छ। गुप्ता अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएका थिए ।
प्रतिक्रिया