प्रदेश

पछिल्लो अपडेटः समानुपातिकतर्फ माओवादी केन्द्र तेस्रो



काठमाण्डौ, १० मंसिर । प्रतिनिधि सभा समानुपातिकतर्फ एमालेको अग्रता कायमै रहँदा माओवादी तेस्रोमा आएको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी निरन्तर तेस्रो स्थानमा रहेको थियो ।

आज दिउँसो १ बजेसम्मको विवरण अनुसार एमालेले समानुपातिक प्रतिनिधि सभातर्फ १९ लाख मत कटाएको छ । उसको १९ लाख ६८७ मत छ । दोस्रोमा नेपाली कांग्रेस छ । कांग्रेसले १८ लाख ३४ हजार ५३८ मत प्राप्त गरेको छ । त्यस्तै माओवादी केन्द्रको ८ लाख ४ हजार २६९ मत रहेको छ ।

चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ८ लाख २ हजार १६ मत रहेको छ । पाँचौँमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको ४ लाख ११ हजार २६८ मत रहेको निर्वाचन आयोगको विवरण छ ।

प्रकाशित : १० मंसिर २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६