प्रदेश

राप्ती र बबई नदीका तटबन्धमा क्षति



तुलसीपुर १३ मङ्सिर । गत असार,साउन र भदौ महिनाका वर्षात्ले राप्ती र बबई नदीले पुर्याएको क्षतिको विवरण सङ्कलन गरिएको छ । जनताको तटबन्धन लमही कार्यालयले बबई नदी र राप्ती नदीको बाढीले १३।७ किलोमिटर क्षेत्रफलमा क्षति बनाएको बताएको छ ।
कार्यालयका सिनियर डिभिजनल इञ्जीनियर रमानन्द दासका अनुसार यी दुईवटै ठूला नदीले कटान नगरेको स्थानमा तटबन्धन नगरे अर्को वर्ष ठूलो क्षति हुनसक्छ ।
क्षति भएको क्षेत्रको विवरण विभागमार्फत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पठाइसकेको समेत उहाँले बताउनुभयो । अहिले तटबन्धनका लागि उल्लेख्य बजेट नभएकाले मन्त्रालयमा माग गरिएको उहाँको भनाइ छ । त्यो क्षेत्रमा तटबन्धन गर्न करिब रु एक अर्ब लाग्ने अनुमान गरिएको छ । त्यस्तै सहायक नदीहरूमा पनि विभिन्न स्थानमा क्षति भएको छ ।
उहाँका अनुसार राप्ती नदीले दाङको राप्ती, गढवा राजपुर गाउँपालिका, लमही नगरपालिकासहित बाँकेको नरैनापुर, राप्ती सोनारीलगायतका गाउँपालिकामा क्षति पुर्याएको छ । त्यस्तै बबई नदीले तुलसीपुर उपमहानगरपालिकाको वडा नं ११, १२, १३ र १४ सहित दङ्गीशरण, शान्तिनगर, बबई गाउँपालिकामा क्षति पुर्याएको छ । जनताको तटबन्धनले राप्ती र बबई नदीमा तटबन्धन निर्माण गर्ने काम गर्छ ।

प्रकाशित : १३ मंसिर २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६