प्रदेश

दानव नदीमा छाडिए ५० हजार माछाका भुरा



भैरहवा १३ मङ्सिर । जलीय जैविक विविधताको संरक्षण गर्न दानव नदीमा माछाका भुरा छोडिएका छन् । नस्ल सुधार गर्दै स्थानीय जातका माछाको सङ्ख्या बढाउने उद्देश्यले विश्व मत्स्य दिवसकै अवसरमा नदीमा ५० हजारभन्दा बढी विभिन्न जातका माछाका भुरा छाडिएका हुन् ।
स्वदेशी जातका माछा लोप हुन थालेपछि पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, शुद्ध नश्ल संरक्षण तथा प्रवर्धन स्रोत केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, नेपाल मत्स्य व्यवसायी सङ्घ, जलदेवी मत्स्य उत्पादक सहकारीलगायतको संयुक्त आयोजनामा नैनी, रोहु जातका माछाका भुरा छाडिएका हुन् ।
स्थानीय माछा प्राकृतिक जलाशयहरुमा घट्ने क्रममा रहेकाले जलीय विविधताको संरक्षण गर्न दिवसको सन्दर्भ पारेर जनचेतनामूलक प्रभातफेरी गरी नदीमा माछा छाडिएको शुद्ध नश्ल संरक्षण तथा प्रवर्धन स्रोत केन्द्रका मत्स्य अधिकृत रमेश जयसवालले बताउनुभयो ।
मानवीय क्रियाकलापले माछाको सङ्ख्या घट्ने भएकाले सन्तुलन गर्न पनि विगतका वर्षजस्तै यस वर्ष पनि माछाका भुरा छोडिएका हुन् । प्राकृतिक जलाशयमा विभिन्न मानवीय गतिविधिले स्थानीय जातका माछा नष्ट हुँदैगएका छन् । त्यसको संरक्षण र प्रवर्धन गर्न उन्नत जातका र स्थानीय जातका माछाका भुरा प्राकृतिक जलाशयमा राखिएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक डा।प्रवेज आलमले बताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख नारायण काफ्लेले रुपन्देहीमा विगत सात वर्षदेखि माछा सुपरजोन कार्यक्रम लागू भई माछाको व्यवसाय प्रवर्धन गर्दै प्राकृतिक जलाशयमा परम्परागत र स्थानीय माछाको संवर्धनमा किसानका लागि सहयोग गर्दैआएको बताउनुभयो ।

प्रकाशित : १३ मंसिर २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६