प्रदेश

बुटवलबाट सबै मन्त्रालय दाङ सार्ने दाउमा मुख्यमन्त्री केसी



बुटवल, १६ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नै कार्यकालमा बुटवलबाट सबै मन्त्रालय सारेर दाङ लैजाने जोडबलमा छन् । मंसिर ४ मा भएको निर्वाचपछि अब बन्ने नयाँ सरकारसँगै आफू बाहिरिने भएपछि जसरी पनि बुटवलबाट मन्त्रालय दाङ लैजाने गरि कर्मचारीहरुलाई उर्दी जारेका छन् ।

नयाँ निर्वाचित प्रदेश सभा सांसदहरुले प्रदेशको स्थायी राजधानी दाङमा सपथ लिने बताएका छन् । अस्थायी संरचनामा बुटवलमा रहेको प्रदेश सभालाई ‘फलामको टहरो’ को रुपमा निर्माण गरिएको प्रदेश सभा हलमा स्थानान्तरण गर्दै सोही स्थानबाट सपथग्रहणसँगै अव संसद दाङबाट चल्ने बताएका हुन् । स्थायी राजधानी निर्माणको कार्यलाई प्रदेश पूर्वाधार प्राधिकरणले युद्धस्तरमा काम बढाउनको लागि समेत मुख्यमन्त्री केसीले निर्देशन दिएका छन् । २०७७ साल असोज २० गते प्रदेशसभाबाट दाङ राजधानी तोकिएको थियो । राजधानीको संरचना निर्माणको काम तीब्र गतिमा अगाडि बढेको प्रदेश पूर्वाधार प्राधिकरणका कार्यकारी निर्देशक छाविराज पोख्रेलले बताए।

मन्त्रालयहरुका आधारभूत काम करिव ५ दिनमा र प्रदेशसभाको भवन प्रदेश सभा सदस्यहरुले सपथ लिंदासम्म तयार गर् मुख्यमन्त्री केसीले निर्देशन गरेका छन् । राजधानी निर्माणको काम चलिरहे पनि त्यसको व्यवस्थापन गर्दै जाने योजनामा प्रदेश सरकार पुगेको छ । प्रदेश सरकारले आफ्नो सम्पूर्ण कार्य जिम्मेवारी भएकोले स्थापित गरी सञ्चालन गर्ने योजना अनुसार अगाडि बढेको मुख्यमन्त्रीका प्रेस संयोजक मान बहादुर विश्वकर्माद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित : १६ मंसिर २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६