प्रदेश

विवेकसम्मत निर्णय गर्न गगन थापाको अपिल



काठमाडौं ६ पुष । नेपाली कांग्रेसका महामन्त्री एवं संसदीय दलको नेताका उम्मेदवार गगन थापाले दलको निर्वाचनले देश, जनता र कांग्रेसको भविष्य दिशानिर्देश गर्ने बताएका छन् ।
दलको नेताका लागि मतदान हुनु केही अघि सामाजिक सञ्जालमा अपिल जारी गर्दै थापाले आमनिर्वाचनमार्फत नेपाली जनताले दिएको अभिमतलाई इमान्दारितापूर्वक आत्मसात गरी देश, लोकतन्त्र, संविधान र भावी सन्तानको लागि कांग्रेसका नेताहरू तथा सांसदलाई विवेकसम्मत निर्णय गर्न उनले अपिल गरेका हुन् ।
थापाले वर्तमान राजनीतिक अन्यौलता र आर्थिक संकटको घडीमा राजनीतिक स्थायित्व सुनिश्चित गर्दै असल शासन र व्यापक आर्थिक सुधारको जगमा समुन्नति र विकास नै अबको राष्ट्रिय एजेण्डा रहेको बताएका छन् ।
‘लोकतान्त्रिक आन्दोलनमा विशिष्ट योगदान गर्नु भएका अग्रज नेताहरूको उच्च सम्मान गर्दै यहाँहरुबाट मार्गनिर्देनको अपेक्षा गर्दछु ्र पार्टीका श्रद्धेय नेताहरू तथा सम्पूर्ण माननीय सांसदज्यूहरूले देश, जनता, भावी सन्तति र पार्टीको भविष्य सम्झेर छातीमा हात राखि युगानुकुल निर्णय गरी संसदीय दलको नेतामा मलाई मतदान गर्नुहुन विनम्रतापूर्वक अनुरोध गर्दछु, थापाले भनेका छन् ।

प्रकाशित : ६ पुस २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६