प्रदेश

रुपन्देहीको गैडहवा उत्रियो एक्सनमा, अतिक्रमण गरेका संरचना डोजर चलाउन सुरु



बुटवल ६ पुष । सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा रुपन्देहीको गैडहवा गाउँपालिकाले डोजर चलाउन सुरु गरेको छ ।सार्वजनिक जग्गा अतिक्रमण नगर्नका लागि पालिकाले पटक(पटक सार्वजनिक रुपमा सूचना जारी गरे पनि सर्वसाधरणले नमानेपछि पालिकाले डोजर चलाउन सुरु गरेको हो ।
यस्तै मंगलबार पालिकाले वडा नम्बर ७ बगरगदहवा टोलमा रहेको गाउँमा रहेका दुई वटा घरमा डोजर चलाएर सार्वजनिक जग्गाको संरक्षणमा जुटेको गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्याल बताए ।
अध्यक्ष पौडेलले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउनका लागि घरधनीको नाममा दुई पटक ३५ दिने सूचना जारी गरेर जानकारी गराए पनि अटेर गरेपछि निमयानुसार अवैध संरचना हटाइएको बताए । अब वाड नम्बर १ देखि ९ सम्मनै सडकको दायाँ(बायाँ र सार्वजनिक ठाउँमा अतिक्रमण गरेर बनाएका सबै संरचना हटाइने बताए । गाउँपालिकाको बिकासमा सबैले सहयोग गर्न आग्रह गर्दै सार्वजनिक ठाउँ अतिक्रमण हटाउन सहयोग गरेकोमा सुरक्षा निकाय टोल संस्था वाड अध्यक्ष सदस्य कार्यपालिका सदस्यहरुलाई धन्यवाद व्यक्त गरे । अतिक्रमण भएको ठाउँ भए गाउँपालिकामा खबर गर्न गाउँपालिका अध्यक्ष पौडेलले आग्रह गरे ।
सर्वसाधरणको हितका लागि सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण भएका संरचनाहरु भत्काउन सुरु गरिएको गैडहवा गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष लाल बहादुर केवटले बताए ।
अध्यक्ष केवटले आफ्नो वडामा सार्वजनिक जग्गामा निर्माण गरिएको संरचना हटाउने अभियान अन्तरगत कार्य सुरु भएको भन्दै कसैले सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाएको भए आफूहरुलाई सूचना दिन आग्रह गरे ।
गैडहवाका निमित्त प्रमुख प्रशासकीय अधिकृत माधव पौडेलले सार्वजनिक जग्गामा अवैध संरचना निर्माण भएको स्थानमा प्राविधिक टोलीले नाँप(जाँच पश्चात एकिन गरेर भत्काउन सुरु गरेको बताए । अन्य स्थानमा पनि डोजर चलाउने तयारी भइरहेको उनले बताए ।
गाउँपालिका उपाध्यक्ष माधुरी जैसवालले अतिक्रमण गरेर निर्माण गरिएको संरचना हटाएर सार्वजनिक जग्गाको संरक्षणका लागि गरिएको सुरुवातमा सरोकारवालाको साथ, सुझावरसल्लाह आवश्यक रहेको बताइन् । ‘हामी कसैले निर्माण गरेको घररसंरचना भत्काउन चाहँदैनौँ तर सार्वजनिक जग्गा अतिक्रमण गरेर कसैले पनि कुनै संरचना निर्माण नगर्न आग्रह छ ।’(उनले भनिन् ।अतिक्रमण गरेका संरचना हटाउन वाड अध्यक्ष, कार्यपालिका सदस्य, नेपाल प्रहरी, शस्त्र प्रहरी र स्थानीयको उपस्थिति रहेको थियोे ।

प्रकाशित : ६ पुस २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६