प्रदेश

कहिले बन्छ त बुटवलमा सिग्नेचर पुल ??



बुटवल ७ पुस । बुटवलको तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका विषयमा बुटवल उपमहानगरपालिका, सडक विभाग र विश्व बैंकका प्रतिनिधिबीच छलफल भएको छ । पुलको आर्किटेक्ट डिजाइन तयार भैसकेको छ भने पुल निर्माणका विषयमा रहेका जटिलताका विषयमा बुटवल नगर प्रमुख खेलराज पाण्डेयले सडक विभाग र विश्व बैंकका प्रतिनिधिसँग छलफल गर्नुभएको हो ।
काठमाडौंमा भएको छलफलमा नगरप्रमुख पाण्डेयले बुटवलले लाभ लिनेगरी पुल निर्माणमा सहकार्य गर्न तयार रहेको बताउनुभयो । छलफलमा पुल निर्माणको काम छिटो अघि बढाउन आग्रह गरेको बताइएको छ । त्यसका लागि बुटवल उपमहानगरपालिकाले गर्नुपर्ने सहयोगका लागि तयार रहेको बताएको जानकारी दिनुभयो ।
छलफल कार्यक्रममा सडक विभागका उपमहानिर्देशक तथा वैदेशिक सहायता कार्यान्वयन महाशाखा प्रमुख रामहरि पोखरेलले अहिलेको पुल विस्थापित गरेर नयाँ पुल बन्ने भएकाले बुटवल उपमहानगरपालिकाको स्वीकृति र सहकार्यविना पुल बन्न नसक्ने बताएको नगर प्रमुख पाण्डेले बताउनुभयो ।
पोखरेलले पुल निर्माणसँगै बुटवलदेखि कपिलवस्तुको गोरुसिंंगेसम्मको सडक समेत विस्तार गरिने भएकाले बुटवल क्षेत्रभित्र हुने निर्माणमा बुटवल उपमहानगरपालिकाको सहयोग जरुरी रहेको बताउनुभएको थियो ।
छलफलका क्रममा विश्व बैंकका वरिष्ठ यातायात विज्ञ डा। हिशाम एम फाउडले बुटवलमा पुल निर्माणका क्रममा बुटवल उपमहानगरपालिकाको साथ जरुरी रहेको बताएको पनि नगर प्रमुख पाण्डेयले जानकारी दिनुभयो ।
विश्व बैंकको ऋण सहयोगमा सरकारले चितवनको नारायणी नदी र बुटवलको तिनाउ नदीमा गरी दुई वटा पुल बनाउने तयारी गरेको छ । चिनियाँ, भारतीय, स्वीस र नेपालका पुल विज्ञहरूसँगको परामर्शमा सिग्नेचर पुलको आर्किटेक्ट र स्ट्रक्चर डिजाइनको काम सम्पन्न भएको नगर प्रमुख पाण्डेयले जानकारी दिनुभयो ।

प्रकाशित : ७ पुस २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६