प्रदेश

चारलेन नयाँ ठेक्का प्रक्रियामा नगइ पुरा नहुने प्रतिनिधि सभा सदस्य उम्मेदवार सुबेदीको भनाई



दाङ ९ पुष – राष्ट्रिय स्वतन्त्र पार्टीबाट दाङ निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार कमल सुवेदीले तुलसीपुर-घोराही चारलेन सडक खण्ड निर्माणका लागि नयाँ ठेक्का प्रक्रियामा जानुपर्ने आवश्यकता औंल्याएका छन् । अहिलेका निर्माण ब्यबसायी संगको ठेक्का प्रक्रिया जति हुन्छ छिटो रद्द गरि नयाँ ठेक्का प्रक्रियामा नगए दंगालीले थप सास्ति खेप्नु पर्ने अवस्था आउन सक्ने चिन्ता उनले जाहेर गरेका छन् ।
आफ्नो सामाजिक संजालमा स्ट्याटस लेख्दै उम्मेदवार सुबेदीले आँफुसहित दाङ क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार विशाल अधिकारी बिहीबार मात्रै चार लेन सडकको अवस्था बुझ्न सडक सुधार तथा विकास आयोजना निर्देशनालय बत्तिसपुतली, काठमाडौं पुगेको उल्लेख गरेका छन् । त्यहाँ चारलेन सडकको अवस्थाको बारेमा प्रोजेक्ट कोअर्डिनेटर इञ्जियिनर चुडाराज ढकाल सहितको प्राविधिक टोलिसंग छलफल गरेको र सम्पूर्ण प्राविधिक कुरा विश्लेषण गर्दा आयोजना समयमा सम्पन्न हुने आधारहरु नभेटिएको दाबी उनले गरेका छन् ।
उनले हाल रहेको आयोजनाको ठेक्का प्रक्रिया रद्द गरी समयमै नयाँ ठेक्का प्रक्रिया शुरु गर्नु नै उपयूक्त हुने ठहर गरेका छन् । ‘आयोजना सम्पन्न भइसक्नु पर्ने समयमा करिब १० प्रतिशत मात्र काम हुनुले ठेकेदारको चरम लापरवाही देखिन्छ,’ उनले अगाडि लेखेका छन् ‘पर्दापछाडी भएका विभिन्न राजनीतिक दाउपेचले यो आयोजना झनै अस्तब्यस्त भयो । यदी यो आयोजना समयमै सम्पन्न गर्ने हो भने पुरानो ठेक्का सम्झौता खारेज गरी नयाँ ठेक्का प्रक्रिया शुरु गर्न अब ढिला गर्नु हुदैन । यसैमा दंगाली जनताको भलो हुनेछ ।’

प्रकाशित : ९ पुस २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६