प्रदेश

दिगो बन व्यस्थापनले देशको आर्थिक विकासमा टेवा पुार्‍याउछ




जानु पाण्डे
कपिलवस्तु, १० पुस । दिगो बैज्ञानिक वन व्यस्थापनले देशको आर्थिक विकासमा टेवा पु¥याउने बताइएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको त्रिसुली सामुदायिक वनको आठौ साधारण सभामा बोल्दै बुद्धभुमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले सामुदायिक वनले समुदायको विकास गरेको लगानी सराहनिय रहेको बताउनु भयो । सरकारले समुदायलाई वन हस्तान्तरण गरे पछि वनको हैसियत राम्रो भएको दाबी गर्नु भयो ।
साधारण सभामा बोल्दै बैज्ञानिक वन महासंघका केन्द्रीय अध्यक्ष रेणु सेनले बैज्ञानिक वन व्यवस्थापनले वनको दिगो विकास हुने बताउनु भयो । वनमा भएका रुखहरुको जिपिएस हुने, रुखहरुको संरक्षण हुने, नयाँ विरुवा उत्पादन हुने हुँदा वनको हैसियत वृद्धी हुने बताउनु भयो ।
सामुदायिक वनका अध्यक्ष निलकुमार श्रेष्ठले सामुदायिक वनको आम्दानीले वन संरक्षण, सडक मर्मत, सडक कालोपत्रे, सडक वत्ती जडान, कम्प्युटर तालिम, विद्यालयलाई सहयोग जस्ता रचनात्मक काम भएको बताउनु भयो । सामुदायिक वनले गत आर्थिक वर्षमा ६६लाख १९ हजार बढी आम्दानी गरेको कोषाध्यक्ष लक्ष्मी न्यौपानेले बताउनु भयो ।
सभामा समाजसेवी विष्णुहरु आचार्य, कलमनाथ थारु, एमाले जिल्ला सचिवालय सदस्य पिताम्वर खनाल, समाजसेवी हिमलाल न्यौपाने, बुद्धभुमि २ नम्बर वडा अध्यक्ष सुरज प्रताप राणा, गौतमबुद्ध बहुमुखी क्याम्पस अध्यक्ष दिनेश बन्जाडेले मन्तव्य राख्नु भएको थियो । सभा वनका सचिव भक्तीराम खनालको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित : १० पुस २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६