प्रदेश

लुम्बिनीमा संसदीय दलको नेता छान्न कांग्रेसको गृहकार्य



तिलोत्तमा १४ पुस — नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय संसदीय दलको नेता तथा कार्यसमिति चयन उपसमिति गठन गरेको छ ।
बुटवलमा बसेको कांग्रेस लुम्बिनी प्रदेश समिति अन्तर्गत कार्यसम्पादन समितिको बैठकले दलको नेता चयन गर्न सहमहामन्त्री खगराज पाण्डेको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले बताए । विष्णुकुमारी सापकोटा र देवनारायण चौधरी सदस्य छन् ।
लुम्बिनी प्रदेशमा दलको नेता बन्नका लागि कांग्रेसबाट चार जना नेताहरू प्रतिस्पर्धामा देखिएका छन् । केन्द्रीय सदस्य अब्दुल रज्जाक, प्रदेश सरकारका मन्त्रीसमेत रहेका डिल्ली बहादुर चौधरी, वीरबहादुर राना र राजु खनाल प्रतिस्पर्धामा छन् ।
संसदीय दलको नेता छान्न पुस १६ भित्रै प्रक्रिया सुरु गरी सकेसम्म सहमतिमै छनोट गर्ने सभापति पुनले बताए । यस्तै, बैठकले पार्टीका सहमहामन्त्री विष्णु मुस्कानको संयोजकत्वमा तीन सदस्यीय संसदीय दलको विधान निर्माण उपसमिति पनि गठन गरेको छ । मुस्कान संयोजकत्वको उपसमितिमा महेन्द्र पाण्डे र रिना नेपाल सदस्य छन् । उपसमितिले शुक्रबार सम्ममा विधान तयार गर्ने जिम्मेवारी पाएको छ ।

प्रकाशित : १४ पुस २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६