काठमाण्डौ, १४ पुस । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवासमा सर्नुभएको छ । आज बिहीवार दिउँसो पूजापाठ गरेर गृहमन्त्री लामिछाने पत्निसहित सरकारी निवास पुल्चोक सर्नुभएको हो ।
मन्त्री लामिछानेले सरकारी निवासमा झन्डोत्तोलन गर्नुभएको छ । उहाँलाई नेपाली सेनाको एक टुकडीले सलामी पनि अर्पण गरेको थियो । सलामी लिने क्रममा पिर्का र रातो कपडा भने राखिएको थिएन । यसअघि ‘पिर्के सलामी’ लिने गरेको भन्दै आलोचना हुँदै आएको थियो ।








प्रतिक्रिया