प्रदेश

बाणगंगा र गजेहडा भूपू सैनिक खानेपानी संस्थामा पुनः राजेन्द्र विक्रम शाह



कपिलवस्तु, २० पुस । कपिलवस्तु बाणगंगामा रहेको बाणगंगा र गजेहडा भूपू सैनिक खानेपानी संस्थाको अध्यक्षमा पुनः राजेन्द्र विक्रम शाह चयन भएका छन् ।

मंगलबार भएको तेस्रो अधिवेशनले शाहलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । नगरको ठूलो खानेपानी संस्थाको रुपमा रहेको भूपूमा झण्डै तीन हजार उपभोक्ता छन् ।

खानेपानी संस्थाको स्थापना कालदेखि नै नेतृत्व गर्दै आएका शाह जिल्लास्तरीय खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्ष समेत हुन् ।

यस्तै भूपू सैनिक खानेपानीको उपाध्यक्षमा झलक मल्ल, सचिवमा कृष्ण बहादुर शाही, कोषाध्यक्षमा राममाया रानासहित १५ सदस्यिय कार्यसमिति चयन गरिएको छ ।

प्रकाशित : २० पुस २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६