प्रदेश

विजयनगरमा निःशुल्क आँखा उपचार शिविर



कपिलवस्तु २२ पुस । कपिलवस्तुको विजयनगर गाउँपालिकाले निःशुल्क आँखा उपचार शिविर सञ्चालन गरेको छ । गाउँपालिकाका ग्रामीण भेगका जनतालाई उपचारको दायरामा ल्याउन शिविर सुरु गरिएको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयो ।
विपन्न समुदायलाई चेकजाँच गर्न आर्थिक समस्या पर्ने भएकाले गाउँघरमा चिकित्सक बोलाएर शिविर सञ्चालन गरिएको थापाले बताउनुभयो । आँखा उपचार शिविर बिहीबार र शुक्रबार २ दिनसम्म हरिबोध माध्यमिक आधारभूत विद्यालयमा चल्नेछ ।
छन्दे कालेबाबु आँखा अस्पताल बहादुरगन्जको प्राविधिक टोली चेकजाँचका लागि खटिएका छन् । सामान्य प्रकारका बिरामीको शिविरबाट उपचार हुने र अप्रेसन गर्नुपर्ने बिरामीलाई अस्पतालमा रेफर गरी निःशुल्क उपचार हुने अस्पतालका प्रमुख प्रशासकीय अधिकृत जसराज विश्वकर्माले बताउनुभयो ।

प्रकाशित : २२ पुस २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६