बुटवल २२ पुष । अर्घाखाँचीमा ढुङ्गाले लागेर एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा सन्धिखर्क ११, जोगिमारेका ६१ वर्षिय ओमप्रकाश थापा रहेको अर्घाखाँची प्रहरीले जनाएको छ ।
मालारानी गाउँपालिका २, झरनामा निर्माणाधिन झोलुङ्गे पुलको काम गर्ने क्रममा ढुंगा उछिट्टिएर टाउकोमा लाग्दा थापा घाइते भएका थिए । उनको उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता ईन्स्पेक्टर कृष्ण घिमिरेले जानकारी दिए।
२२ पुस २०७९, शुक्रबार
प्रतिक्रिया