प्रदेश

के निहुँ खोजिएको हो ? बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाएरः बाबुराम भट्टराई



काठमाडौँ, २१ फागुन । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाएर निहुँ खोजिएको बताएका छन् । जनयुद्धका सहिद तथा बेपत्ता सन्तति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाएर जिस्क्याउन खोजेको बताए ।

‘बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो ? यो निहुँ खोज्या होइन ? तीन वर्ष अघि सामान्य भनेको अभिव्यक्तिलाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाऊ भन्न मिल्छ ?’ भट्टराईले भने, ‘यो निहुँ खोज्या हो जिस्केको होइन ? यस्ता कुरामा सबै माओवादी घटकहरू सहकार्य गर्न सक्छौ।’

अब माओवादी नाममा धेरै मोह नगरेर सबै पूर्व माओवादीहरू एक हुनुपर्ने भट्टराईले बताए । ‘मैले अठोट गरेको छु । अब नयाँ पुस्ता आउनुपर्छ । अरूले चुनाव नलड् भनेर होइन । मलाई अझै पनि जनताले जिताउने थिए । म ६९ वर्ष भइसके अब नयाँ साथीहरू आउनुपर्छ भनेर छोडेको हुँ’ भट्टराईले भने, ‘पार्टीलाई जनवादीकरण गर्नुपर्छ । नयाँ आधारमा एकता गर्न सकिन्छ । अब माओवादी भनेर पार्टी बनाइ राख्न जरुरी छैन ।’ अब फेरि सबै माओवादी एक भएर जानुको विकल्प नरहेको उनले बताए ।

‘मैले मन बनाइसकेको छु । पार्टी एकता गर्न गला मिलाउनुभन्दा अघि बहस गरौँ । मिल्न सक्नेहरू एउटै पार्टी बनाएर जाऊँ । एकता हुन नसक्नेहरू मोर्चा गरेर जाऊँ’ भट्टराईले भने ।

प्रकाशित : २१ फाल्गुन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६