प्रदेश

घोराही-तुलसीपुर सडक अवरुद्ध



दाङ, २१ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाले घोराही–तुलसीपुर सडकखण्ड आधा घण्टा अवरुद्ध गरेको छ ।घोराही–तुलसीपुर चारलेन सडक निर्माण पुरा गर्नुपर्ने भन्दै नेकपा तुलसीपुर नगर समितिले आइतवार बिहान तुलसीपुरको हात्तीखौवामा बिहान ११ बजेदेखि ११ः३० सम्म उक्त सडक अवरुद्ध गरेको हो ।

सडक निर्माण सुरु नभए थप अन्दोलन गर्ने नेकपाले चेतावनी दिएको छ । दाङको घोराहीको बबई नदीदेखि तुलसीपुरको हात्तीखौवासम्मको २५ किलोमिटर लामो सडक चार वर्षदेखि अलपत्र छ ।

भारतको तथ्य इञ्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालिले जिम्मा पाएको उत्त सडक चार वर्षमा १० प्रतिशतमात्र काम भएको छ । सडक अलपत्र छोडिँदा नागरिकहरुले वर्षभरी धुलो र हिलोले सास्ती खेप्ने गरेका छन् ।

प्रकाशित : २१ फाल्गुन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६