फोटोफिचर

स्ववियुद्धारा होलि मिलन कार्यक्रम सम्पन्न



बाणगंगा,कपिलवस्तु
कपिलवस्तुको बाणगंगामा अवस्थित सिद्धार्थ क्याम्पसमा स्ववियुले होली मिलन,घैटोफोर तथा शुभकामना आदानप्रदान कार्यक्रम मार्फत नेपालीहरुको पर्व फागु (होली) मनाएको छ ।

सिद्धार्थ क्याम्पसका स्ववियु सभापति शुसिल खत्रीको अध्यक्षता तथा क्याम्पस प्रमुख बेद्राम अर्यालको प्रमुख आतिथ्यतामा होली मिलन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको संचालन स्ववियु सचिव दिनेश चौधरीले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै सभापति खत्रीले आपसि भाइचारा बढाउने भन्दै आपसी सदभाव नखल्वल्याई होली खेल्न आग्रह गरे ।

उनले आउदै गरेको स्ववियु निर्वाचनको मुखमा क्याम्पस भित्र कुनै पनि अराजक काम नगर्न सुझाव दिदै होलिमा कुनै बिकृति नभित्र्याई संस्कृतिका रुपमा मनाउन आग्रह गर्दै अग्रीम शुभकामना समेत ब्यक्त गरे ।

उक्त कार्यक्रममा घैटोफोर कार्यक्रम साथै विद्यार्थीहरुले एकआपसमा अविर लगाईदिदै शुभकामना समेत आदान प्रदान गरिएको थियो ।

प्रकाशित : २१ फाल्गुन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६