प्रदेश

लुम्बिनी प्रदेशमा कमिटी गठन गर्ने जिम्मेवारी ज्ञवालीलाई




कपिलवस्तु,२३ फाल्गुण ।
नेपाल भारत मैत्री संगठन, पर्यटन बिभागको नेपाल संयोजक राजेश ज्ञवालीले लुम्बिनी प्रदेशका ९ वटै जिल्लामा जिल्ला कमिटी तथा प्रदेश कमिटी गठन गर्ने जिम्मेवारी पाउनुभएको छ । संगठनको सचिवालयको बैठकको निर्णय अनुसार उक्त गठन गर्ने कार्यका लागि केन्द्रिय प्रतिनिधिका रुपमा संगठनका अन्तरास्ट्रिय कमिटी सदस्य तथा पर्यटन विभाग प्रमुख ज्ञवालीलाई जिम्मेवारी प्रदान संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष अनुप कुमारद्वारा हस्ताक्षरित सुचनामा उल्लेख छ । लुम्बिनी विकास कोषका पूर्व कार्यकारिणी सदस्य समेत रहेका ज्ञवाली विभिन्न सामाजिक संघ संस्थामा क्रियाशील रहेका थिए । भारतको वाराणसीमा बसेको संगठनको विस्तारिक बैठकले ज्ञवालीलाई पर्यटन बिभागको नेपालसंयोजकको जिम्मेवारी दिने निर्णय गरेको थियो । भारतका मात्र पर्यटक ल्याउन सके नेपालले धेरै लाभ लिन सक्ने बताउदै ज्ञवालीले नेपालको पर्यटन क्षेत्रमा पर्याप्त अनुसन्धान आवश्यक रहेकोमा जोड दिदै आउनुभएको छ ।

प्रकाशित : २३ फाल्गुन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६