प्रदेश

घोराही–तुलसीपुर चार लेन सडक परियोजनाको ठेक्का रद्द गर्ने तयारी



काठमाण्डौ, २४ फागुन । दाङको घोराही–तुलसीपुर चार लेन सडक परियोजनाको ठेक्का रद्द गर्ने तयारी भएको छ । चार लेन परियोजना कार्यालय लमहीले सूचना निकालेर ठेक्का रद्द गर्नका लागि प्रकृया थालेको जनाएको छ । परियोजनाले ठेक्का रद्द गर्नुनपर्ने कारणसहित सम्बन्धित ठेकेदार कम्पनीलाई १४ दिनभित्र सम्पर्क गर्न सूचना निकालेको छ ।

परियोजना प्रमुख अनिश थापा मगरका अनुसार यदि तोकिएको अवधिमा ठेकेदार कम्पनी सम्पर्कमा नआए त्यही दिनदेखि नै ठेक्का रद्द हुनेछ । चौथो पटक थपिएको म्याद आउँदो असारसम्म छ । तर, त्यो अवधिमा ठेक्का लिएको कम्पनीले काम गर्न सक्ने सम्भावना न्यून रहेकाले ठेक्का तोड्ने प्रक्रिया अघि बढेको हो ।

चार लेनको ठेक्का भारतीय तथ्य इन्जिनियरिङ एन्ड इन्फ्राले लिएको छ । यो कम्पनीले पेटी ठेकेदारमार्फत् काम गर्दै आएको थियो । यस बीचमा आठजना पेटी ठेकेदारलाई काम दिएको भए पनि निर्माण सुरु भएको पाँच वर्षसम्म पनि १० प्रतिशतभन्दा बढी काम हुन सकेको छैन ।

चार लेन सडक अलपत्र हुँदा नागरिकले सास्ती खेप्नुपरेको छ । घोराही–तुलसीपुर चार लेनको काम २०७५ माघदेखि भारतीय एक्जिम बैंकको सहयोगमा एक अर्ब २३ करोडमा निर्माण सुरु गरिएको थियो ।

प्रकाशित : २४ फाल्गुन २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६