कपिलवस्तु, २४ फागुन । कपिलवस्तुमा मंगलबार तस्बिर प्रदर्शनी गरिएको छ । बुद्धले ज्ञान प्राप्त गरेपछि कपिलवस्तु फर्किंदा फागु पूर्णिमाका दिन देखेका हिमाल थिममा तस्बिर प्रदर्शनी गरिएको हो ।
बुद्धस्थल तिलौराकोट, गोटिहवा, कन्थक स्तुपा, जगदीशपुर र निग्रोधाराबाट देखिएका हिमालका तस्बिर प्रदर्शनी गरिएको थियो । कपिलवस्तु नगरपालिका प्रमुख सुदीप पौडेलले तस्बिर हेरेर बाल्यकाल स्मरण भएको बताए । यस्तो मनमोहक तस्बिर देख्दा खुसीको सीमा भएन,’ उनले भने । लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानीन राईले चिनियाँ पैदल यात्री ह्वेयङ साङ तिलौराकोट आउँदा लेखेको यात्रा विवरणमा उल्लेख जस्तै हिमालका तस्बिर देख्न पाएको बताए ।
प्रदर्शनीमा राखिएका तस्बिरमा तराईको जनजीवन, पुरातात्विक स्थलको पृष्ठभूमि र अन्नपूर्ण प्रथम, धौलागिरि दोस्रो, तेस्रो र चौथो तथा गुर्जु हिमालका तस्बिर प्रदर्शनी गरिएको थियो ।
फोटो पत्रकार मनोज पौडेल र बृजेश जयसवालले खिचेका १० तस्बिर प्रदर्शनीमा राखिएको हो । प्रदर्शनीमै आयोजित फोटो प्रतियोगितामा उत्कृष्ट दुई तस्बिरलाई पुरस्कृत गरिएको थियो । प्रथम पुरस्कार तौलिहवाका अनिलकुमार माली र द्वितीय पुरस्कार लुम्बिनीका लीलामणि शर्माले पाएका थिए ।
प्रतिक्रिया