प्रदेश

लुम्बिनीका मन्त्री आचार्यको घरमा चोरी



अर्घाखाँची, २४ फागुन । लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको छ । सन्धिखर्कको हटारीनेटा स्थित उनको निजी निवासमा गएराती चोरी भएको हो ।

लुम्बिनी प्रदेश सरकारका खानेपानी, ग्रामिण तथा शहरी विकास मन्त्री आचार्यको परिवार घरमा नभएको मौका छोपी चोरी भएको प्रहरीले जनाएको छ । घरका रहेका सबै कोठाको ताल्चा फुटालेर चोरी गरिएको प्रहरी नायब उपरिक्षक मुकुन्द रिजालले बताए ।

के कती चोरी भयो भन्ने बारे मन्त्री आएपछी यकिन हुने भन्दै उनले आफुहरुले यसमा गम्भिर अनुसन्धान गरिरहेको बताए । ‘के कती चोरी भयो भन्ने विवरण माननिय ज्यु आएपछी थाहा हुन्छ,प्रनाउ रिजालले भने,‘हामीले अनुसन्धान थालेका छौं ।’

छिमेकीहरुका अनुसार यसअँघी पनि आचार्यको घरमा चोरी भएको थियो । त्यस बेला त्यती धेरै क्षती नभएपनि यसपाली सबै ताल्चा फोडेको र सामानहरु लगेको उनीहरुको भनाई छ । ‘डेढ महिना अँघी पनि मन्त्री ज्यु को घरमा चोरी भएको थियो,छिमेकी शोभाखर पन्थीले भने,‘यसले वरिपरीका बासिन्दाले असुरक्षित महसुस गरिरहेका छन् ।’

मन्त्री आचार्य प्रदेश राजधानी भालुबाङ छन् भने उनकी श्रीमती बुटवल गएकी थिईन् । घरमा कोही नभएको सुईको पाएपछी चोरले घरमा लगाएको ताल्चा तोडेर सामानहरु लगेको छ ।

प्रकाशित : २४ फाल्गुन २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६