प्रदेश

सैनामैना महोत्सवमा जुवाको खाल: आयोजक र प्रहरी मनोरञ्जनमा मस्त



हरि घिमिरे
कपिलवस्तु, २४ फागुन ।

रुपन्देहीको सैनामैनामा जारी पाँचौ राष्ट्रिय सैनामैना महोत्सवमा जुवाको खाल चलिरहेको छ । महोत्सवमा आयोजककै मिलेमतोमा दिनदहाडै हजारौँ रुपैँया हारजीत हुनेगरी जुवा खेलाइएको पाइएको हो । “देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता” भन्ने मुलनारासहित महोत्सव सुरु भएको बुधवार आठौं दिन सम्म आइपुग्दा मेलामा खुलेआम जुवा खेलाएको पाइएको छ ।

मेला स्थलमा अवैध खेल सञ्चालन भइरहँदा मेला स्थलमा ड्युटीमा खटिएका प्रहरीले बेवास्ता गर्ने गरेको छ । जुवाको खाल नदेखे झैँ गरी आयोजक तथा प्रहरीहरु मञ्चमा आयोजित मनोरञ्जनात्मक कार्यक्रम हेर्नमा मस्त हुने गरेका छन् । जुवा खेलाइएको स्थानबाट पटक–पटक आउजाउ गरिरहेका बर्दीमा खटिएका प्रहरी जुवा खाल नदेखेझैँ गरिरहेको भेटिने गरेका छन् । मेला हेर्न आएका सोझा दर्शकलाई झुक्याएर जुवा खेलाउनेले आफु अनुकुल सय, पाचसय र हजार रुपैयाँ थापेर हारजीत गरिरहेका थिए ।

यस विषयमा प्रेसपाटी कर्मिले महोत्सवका संयोजक सुरेन्द्र पौडेल संग केहि संम्वाद गरेको छ ।

प्रेसपाटी कर्मि संगको संम्वादमा आयेजकले जुवा खेलाउन अनुमति दिएको हो ? भन्ने प्रश्नमा आयोजकले जुवा खेलाउन अनुमति नदिएपनि कहि कतैबाट त्यस्तो गएको हुन सक्ने सैनामैना महोत्सवका संयोजक सुरेन्द्र पौडेलले बताए । यद्यपि संयोजक पौडेल यस विषयमा खुलेर बोल्न चाहेनन् । उनले भोलिका दिनमा यसको निगरानि बढाईने र जुवा खाल नियन्त्रण गरिने बताए ।

मेलामा खेलाइएको जुवा यस्तो छः नम्बर भएको फ्लेक्समा पैसा राखिन्छ । खेलाउनेले धेरै पैसा भएको ठाउँमा पारेको जस्तो गरी आफ्नै आसेपासेलाई केही पटक पैसा पारिदिन्छन् । त्यो देखेर लोभिएका सर्वसाधारणले पनि पैसा जुवामा थाप्छन् । थोरै पैसा भएको ठाउँमा पारिदिन्छन या खेल्ने मध्ये पनि आफ्नो आसेपासेलाई पार्छन । यो कुरा मेला हेर्न बिभिन्न ठाउँबाट आएका सर्वसाधारणलाई पत्तो हुँदैन । एक दुई पटक आएको धेरै पैसाले लोभिएर उनीहरु जुवा खेल्छन् । अन्ततः भएको सबै पैसा सकेर रित्तो फर्कन्छन् ।

सैनामैना व्यापार संघको आयोजनामा गत फागुन १७ गते देखि सैनामैना २ कालिका चोकमा मेला सञ्चालन भइरहेको छ । मेला फागुन २८ गते सम्म सञ्चालन हुने छ ।

प्रकाशित : २४ फाल्गुन २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६