प्रदेश

प्रचण्डविरुद्ध परेको रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा



काठमाण्डौ, २५ फागुन । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा परेको छ ।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले अस्ति मङ्गलवार दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।

२०७६ साल माघ १ गते टुँडिखेलमा भएको एक कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये पाँच हजार जनाको जिम्मा आफूले लिने अभिव्यक्ति दिनु भएको थियो । त्यही अभिव्यक्तिको आधारमा प्रचण्डलाई फौजदारी अभियोगमा पक्राउ गरी अनुसन्धान गर्न रिट निवेदकले माग गरेका छन् ।

केही दिनअघि सर्वोच्च अदालतले प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट निवेदन दर्ताको आदेश दिने क्रममा सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनालाई विभिन्न कारण देखाइ अनन्तकालसम्म अल्झाइराख्न नमिल्ने ठहर गरेको थियो ।

प्रकाशित : २५ फाल्गुन २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६