ब्रेकिंग न्युज

सत्तारुढ १० दलको बैठक बालुवाटारमा सुरु



काठमाडौं, १ चैत । सत्तारुढ १० दलको बैठक बालुवाटारमा सुरु भएको छ । उपराष्ट्रपतिको निर्वाचन लगायत सरकारको बिषयमा सहमति गरेका दस दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको हो ।

राष्ट्रपतिका लागि सत्तारुढ गठबन्धनबाटै ३ जना उम्मेदवार छन् । सत्तारुढ ठूला दलले जनता समाजवादी पार्टी जसपालाई उपराष्ट्रपति दिने भने पनि जनमत पार्टीले पनि ममता झाको मनोनयन दर्ता गरेको छ ।

जसपाले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउने निर्णय गरे पनि उपराष्ट्रपतिमा महिला नै चाहिने अवस्थाका लागि भनेर प्रमिला कुमारीको पनि मनोनयन दर्ता गरेको छ । नेकपा एमालेले भने अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको छ ।

प्रकाशित : १ चैत्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६