ब्रेकिंग न्युज

स्वास्थ्य शिविर तर्फ नगर अग्रसर, युनाईटेडमा निःशुल्क पाठेघर चेकजांच



कपिलवस्तु, ३ चैत्र। युनाईटेड बहुउद्देशिय सहकारी संस्थाको आयोजनामा निःशुल्क पाठेघरको चेकजांच शिविर सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले स्वास्थ्य शिविरले नगरका गरिब, विपन्न बर्गका व्यक्ति पनि प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो । आर्थिक अभावले स्वास्थ्य उपचार सेवाबाट कोहि पनि बन्चित हुन नपरोस् भन्दै नगर पछिल्लो समय स्वास्थ्य शिविर तर्फ आर्कषित भएको उल्लेख गर्नुभयो । नगर उपप्रमुख महिलाहरुले आफ्नो स्वास्थ्य प्रति सचेत रहनुपर्ने वताउदै विशेष गरी पछिल्लो समय महिलाहरुमा पाठेघरको समस्या वढ्दो रुपमा देखिएकाले यसबारेमा विशेष ध्यान दिन दिदी बहिनीहरुलाई आग्रह गर्नुभयो । उहाले यस्तै शिविर भोली शनिबार बरवामा पनि शिविरको आयोजना गरिएको जानकारी दिदै महिला दिदी बहिनीहरुलाई स्वास्थ्य सेवा लिन आग्रह गर्नुभयो ।

यस्तै प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुषालले स्वास्थ्य क्षेत्रलाई नगरले पहिलो प्राथमिकता दिएको जिकिर गर्नुभयो । उहाले यस्ता कार्यक्रम आगामी दिनमा पनि नगरले गर्दै जाने र यहाका जनता प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । आफ्नो वडामा महिलाहरुको स्वास्थ्यलाई मध्येनजर गरी पाठेघर चेकजांच शिविरको संचालन गरिएको वडा अध्यक्ष टेक बहादुर झेडी मगरले बताउनुभयो । युनाईटेड हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट डा पुर्ण बहादुर घर्तिले रगत, पिसाब, चेकजांच सहित भिडियो एक्सरेद्धारा पाठेघरको चेकजांच पनि गरिएको बताउनुभयो । पछिल्लो समय महिलाहरुमा पाठेघरको समस्या बढ्दो रुपमा देखिएको बताउदै उपचारसंगै सचेतना प्रदान गर्नपाउदा निकै खुसी लागेको बताउनुभयो । उहाले चेकजांचको क्रममा पाठेघर खसेका, पाठेघरमा मासु पलाएको, किड्नी सुन्निएको समेत भेटिएको बताउनुभयो ।

यता स्थानीय महिलाहरु पनि निशुल्क रुपमा पाठेघरको चेकजांच गराउन पाउदै निकै खुसी भएका छन् । शिविरमा वडा न.ं ३ का १ सय ८४ जना महिलाहरुले स्वास्थ्य परिक्षण गरिएको छन् । यस्तै १ जना १३ जना महिलाहरुको भिडियो एक्सरे, ६१ जनाले रगत र पिसाब जांच गराएका छन् । टिकट कटाएर पालो नपाएका महिलाहरुको भने आईतबार चेकजांच गरिने बताइएको छ । युनाईटेड हस्पिटलको प्राविधिक सहयोग तथा वडा नं. ३ को वडा कार्यलयको आर्थिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरको औपचारिक उद्घाटन कार्यक्रम सहकारीका अध्यक्ष मुनाराम चालिसेको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित : ३ चैत्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६