पर्यटन

प्राकृतिक सम्पदा संस्कृतिसहितको अबको पर्यटन हुनुपर्छः मन्त्री किराती



काठमाण्डौ, ०४ चैत्र । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले प्राकृतिक सम्पदा, रैथाने स्वाद र संस्कृतिसहितको अबको पर्यटन हुनुपर्ने बताउनुभएको छ ।

शनिबार काठमाण्डौमा आयोजित नेपाल थामी समाजको छैठौं राष्ट्रिय महाधिवेशनमा बोल्दै मन्त्री किरातीले नेपालमा पर्यटनका लागि अथाह सम्भावना भए पनि त्यसको परिचालन गर्ने नीतिहरुकै अभाव देखिएको पनि बताउनु भयो । उहाँले अबको नेपालको पर्यटन नेपालीपनको हुने घोषणा समेत गर्नुभयो । यस्तै उहाँले देशको पर्यटन व्यवसायलाई अघि बढाउनका लागि त्योसम्बन्धि अध्ययन, अनुसन्धान हुनुपर्नेमा पनि जोड दिनुभयो ।

‘चाइनिज कल्चर सेन्टर छ नेपालमा । स्पेनिस कल्चर सेन्टर छ नेपालमा । रसियन कल्चर सेन्टर, इन्डियन कल्चर सेन्टर छ नेपालमा । तर नेपालको त केही पनि छैन । ऊसको चाँही यहाँ पनि छ । हाम्रो चाँही केही पनि छैन । संस्कृतिलाई रिसर्च गर्ने सेन्टहरु खैं ? हामी लोप नभएर को लोप हुन्छ अब, मन्त्री किरातीले भन्नुभयो, भनेपछि हामीले अनुसन्धानको क्षेत्रमा कति पनि काम गरेका छैनौं । अहिले म भन्दैछु–अबको पर्यटन भनेको चाँही प्रकृतिको सम्पदा र मानवको सम्पदालाई मिश्रण गरेर बनेको नेपालीपनको पर्यटन हुन्छ । रैथाने स्वाद र संस्कृतिसहितको अबको पर्यटन हुनुपर्छ ।’

प्रकाशित : ४ चैत्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६