पर्यटन

होटल तथा पर्यटन व्यवसायी संघ कपिलबस्तुको अध्यक्षमा पुनः पौडेल निर्वाचित



भुपाल थापा, कपिलबस्तु ।

होटल तथा पर्यटन व्यवसायी संघ कपिलबस्तुको अध्यक्षमा पुनः रविन्द्र पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । संघको मंगलबार भएको प्रथम साधारणसभा तथा अधिवेशनले पौडेललाई अध्यक्षमा पुनः दोहोराएको हो ।


संघको बरिष्ठ उपाध्यक्षमा झिमनारायण सापकोटा र महिला उपाध्यक्षमा सवित्री वली, उपाध्यक्ष (पर्यटन) तर्फ यादव चुँदाली, उपाध्यक्ष (होटल) तर्फ प्रविण आचार्य, महा–सचिवमा रोमलाल पौडेल, सचिवमा महादेव न्यौपाने, कोषाध्यक्षमा सरोजमणी पौडेल र सह–कोषाध्यक्षमा सुनिल गैरे रहेका छन् ।

यस्तै, सदस्यहरुमा नवराज पौडेल, शोभाखर पराजुली, दिपक बहादुर सुनार, रामचन्द्र केसी, गणेश कुमार जिसी, चिरञ्जीवी थापा, ज्ञानहरि न्यौपाने, त्रिवेणी थारु, दिपक आचार्य र पुरुषोत्तम घिमिरे चयन भएका छन् ।


नवनिर्वाचित अध्यक्ष पौडेलले जिल्लाका सम्पुर्ण होटल तथा पर्यटन ब्यबसायीहरु बृहत्तर हितका लागि काम गर्ने प्रतिबद्धता गरे । कपिलबस्तुको पर्यटन प्रवद्र्धनका लागि हरतरह रुपले योजनाबद्ध रुपमा कार्य गर्ने उनले बताए ।

निर्वाचन समितिका संयोजक ईश्वर राज न्यौपाने, र समितिका सदस्यद्वय सुभास टण्डन र हरि घिमिरेले संघका पदाधिकारीहरुको निर्वाचन प्रक्रियाका बारेमा ब्यवस्थापन गरेका थिए । निर्वाचित १९ सदस्यीय पदाधिकारीलाई संयोजक न्यौपानेले सपथ ग्रहण गराएका थिए ।

प्रकाशित : १४ चैत्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६