अन्तर्वार्ता

लाइन काटीएपछि बील तिर्ने अवस्थामा कसरी पुग्यो लुम्विनी प्रदेश सरकार ?




कपिलवस्तु २२ चैत ।विद्युत् प्राधिकरणले लाइन काटिदिएपछि लुम्बिनी प्रदेश सरकारले विद्युत् प्रयोग वापतको साढे ७ लाख रुपैयाँ बक्यौता बुझाएसंगै लाइन जोडिएको छ । सरकारले राप्ती प्राविधिक शिक्षालयले प्रयोग गरेको बक्यौता रकम पनि बुझाएको हो । सरकारले राप्ती प्राविधिक शिक्षालयको लामो समय सम्मको बक्यौत रकम बुझायो र लाइन जोडियो । तर लाइन नकाट्दै सरकारले किन बुझाएन ? बक्यौता भन्ने प्रश्न यतिबेला उठेको छ । सायद प्रदेश सरकारका मन्त्रालय र प्रदेश सभाको लाइन विधुत प्राधिकारणले नकाट्ला भन्ने विश्वासले यस्तो भएको हुन सक्ने आकलन गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारका संरचना मंसिर २० गते बुटवलबाट दाङको देउखुरीमा रहेको राप्ती प्राविधिक शिक्षालयका भवनमा सारिएको थियो ।यतिमात्र होइन सरकारले राप्ती प्राविधिक शिक्षालयका संरचना र शिक्षालयकै विद्युत् मिटर प्रयोग गरेपछि विद्युत बिल भुक्तानीमा समस्या परेको थियो । पुस महिनामा सरकारकै नाममा विद्युत् मिटरबक्स नामसारी भएपनि एकै मिटरबक्सबाट १० मन्त्रालय, प्रदेश सभा सचिवालय र निवासका भवनकोसमेत बक्यौता रकम मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट तिर्नु पर्ने भएपछि प्रकृयागत समस्याले भुक्तानीमा ढिलाइ भएको थियो ।

प्रकाशित : २२ चैत्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६