बिजनेस

साझेदारी मोडलमा एक शिक्षक, एक ल्यापटप



जयनगर २३ चैत ।कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले एक शिक्षक, एक ल्यापटप कार्यक्रमअन्तर्गत शिक्षकलाई ल्यापटप वितरण गरेको छ। आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत नगरपालिकाले सो ल्यापटप वितरण गरेको हो। ५० प्रतिशत नगरपालिकाको अनुदान र ५० प्रतिशत शिक्षकको लागतमा सो कार्यक्रम गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लीलबहादुर राउत क्षेत्रीले जानकारी दिनुभयो।उहाँका अनुसार ३९ जना शिक्षकमध्ये ३२ जना शिक्षकलाई ल्यापटप वितरण गरिसकिएको छ। कक्षाकोठाको शिक्षण सिकाइ क्रियाकलापमा सुधार गर्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ।

प्रकाशित : २३ चैत्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६