कपिलवस्तु ४ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशको ठूलो मध्येको एक खानेपानी आयोजनाको समुद्घाटन गर्दै कपिलवस्तुले स्वच्छ खानोपनीको क्षेत्रमा आमूल परिवर्तन गरेको वताउनु भएको छ । उहाले सरकारका योजना सहि रुपमा सम्पन्न गर्न र ति योजनालाई प्रभावकारी रुपमा निरन्तरता दिनको लागि जनताको श्रमदान अति आवश्यक रहेको बताउनु भएको हो । सम्पन्न भएका योजनामा जनताको मिहिनेत नहुने हो भने जनताले ति योजनालाई बेवास्ता गर्ने बताउनु भयो।
सोमवार कपिलवस्तुको बाणगंगा नगरपालिका ५ मधौलिमा सम्पन्न मधौलिया खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो
समाजका हरेक काममा सरकारकै मुख ताक्ने बानीले पछाडि परेको उहाँले बताउनु भएको छ । कुनै पनि योजना सरकारको सहयोगमा सम्पन्न भएपछि त्यसलाई सदुपयोग गर्दै अघि बढाउने जिम्मा आम नागरिकको रहेकोले ति योजनलाई आफ्नो सम्पतिको रुपमा स्विकार गर्न सक्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।प्रदेश सरकारले खानेपानिका क्षेत्रलाइ विशेष प्राथमिकता दिएर काम गरिरहेको उहाँले बताउनु भएको छ ।
त्यस्तै खानेपानी, ग्रामीण तथा शहरी विकास, भौतिक पुर्वाधार विकास मनत्रालयका सचिव जकि अहमत अन्सारीले खानेपानी समितिले यसका सम्पुर्ण कार्यहरु जनता समक्ष प्रष्ट सङ्ग राखेर जनताको मन जित्नुपर्ने बताउनु भएको थियो ।कार्यक्रममा बोल्दै कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले २२ हजार घर धुरीमा अहिले १२ हजार घरदुरीमा सुरक्षित खानेपानी पुगिसकेको बताउनु भएको छ । बाणगङ्गा नगरपालिकाले प्रदेश सरकारको लक्ष्य अनुरुप एक घर एक धारा कार्यक्रमलाइ निक्कै प्राथमिकता दिएर काम गरिरहेको बताउनु भएको छ । श्रमदानको अभावले पाइपलाइन बिस्तार लगायत केहि कार्यमा समस्या आएकोले श्रमदान गर्न नगरवासीलाई मेयर अर्यालले आवह्वान समेत गर्नु भएको थियो।
कार्यक्रममा लुम्बिनी प्रदेश खानेपानी, ग्रामीण तथा शहरी विकास, भौतिक पुर्वाधार विकास मन्त्री चेत नारायण आचार्य, प्रदेश स्वास्थ्य मन्त्री विष्णु पन्थि लगायतको उपस्थिती रहेको थियो । मधौलिया खानेपानी तथा सरसफाई आयोजना आर्थिक वर्ष २०७५ ७६ मा सर्वेक्षण भइ आरम्भ भएको हो । अनुमानित रु ८ करोडा ५१ लाख १६ हजार ४२ रुपैयाँ १४ पैसा रहेपनि योजना भने ४ करोडा ३ लाख ७६ हजार पाँच सय ४६ रुपैयाँ १३ पैसामा सम्पन्न भएको हो । जम्मा जम्मी ८५५ आधार वर्ष घरधुरी भएपनि अहिले सम्म ३७२ घरधुरीमा धारा जडान गरिएको छ ।कार्यक्रम समिती अध्यक्ष खडानन्द पोख्रेलको अध्यक्षता , सचिव कृष्ण पाण्डेको संचालन एवं सदस्य नन्दराम पोख्रेलको स्वागतमा सम्पन्न भएको हो ।
प्रतिक्रिया