खेलकुद

यूएईसँगको फाइनल खेलमा नेपालले गुमायो तीन विकेट



काठमाण्डौ, १९ वैशाख । एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र यूएईबीचको फाइनल खेल भइरहेको छ । नेपालले जितका लागि १ सय १८ रनको लक्ष्य पछ्याएको छ ।

नेपालले तीन विकेट गुमाएको छ । नेपालका कुशल भुर्तेल ८ बलमा एक रन तथा कप्तान रोहित पौडेल ९ बलमा १ रन बनाएर आउट भए । त्यस्तै, आशिफ शेख १० बलमा ८ रन जोड्दै आउट भए । यसअघि यूएई ३३ ओभर १ बलमा १ सय १७ रनमा अलआउट भयो । नेपालले ११ ओभरमा तीन विकेट गुमाएर २७ रन बनाएको छ । अहिले भीम सार्की र गुल्सन झा खेलिरहेका छन् ।

फाइनल खेल हिजो जुन अवस्थामा पुगेर रोकिएको थियो, आज त्यहीँबाट सुरु भएको थियो । कीर्तिपुर मैदानमा हिजो खेल रोकिनुअघि पहिला ब्याटिङ गरिरहेको यूएई २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रनको सामान्य अवस्थामा थियो ।

आज अन्तिम विकेटका रुपमा यूएईका जुनैद सिद्दिक आउट भए । नेपालका ललित राजवंशीले विकेट लिए । आज पनि पानी पर्ने पूर्वानुमान गरिएको छ । वर्षाले खेल रोकिएमा ओभर घटाएर खेलाइनेछ । ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर खेलाइनेछ ।

सुपर ओभर पनि हुन नसक्ने अवस्थामा भने एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको आधारमा नेपाल विजेता हुनेछ र आउँदो सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछ । एकदिवसीय वरीयतामा नेपाल १४औँ तथा यूएई १९औँ नम्बरमा छ।

प्रकाशित : १९ बैशाख २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६